दफा ११ख
पुनरावेदन किनारा गर्नु पर्ने अवधि

(१) पुनरावेदन किनारा गर्दा सो मुद्दाको अघि छिनेको मिसिल दाखिल भएको मितिले नब्बे दिनभित्र किनारा गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा पुनरावेदन किनारा गर्ने समयका सम्बन्धमा जुनसुकै कुरा लेखिएको भए तापनि सो समय अगाडि नै पुनरावेदन किनारा गर्न अङ्ग पुगिसकेको भए सो मितिले तीन दिनभित्र किनारा गर्नु पर्नेछ ।